चार देशीय टी–२० श्रृङ्खला : नेपालले आज आयरल्यान्डसँग खेल्दै

 फागुन २, २०७८ सोमबार ९:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ओमानमा भइरहेको चार देशीय टी–२० श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्यान्डसँग खेल्दैछ ।

खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो पौने चार बजे हुनेछ ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । आजको खेलसँगै नेपालको आईसीसी टी-२० विश्व कप ग्लोबल छनोट 'ए' का लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

ओमानमा आउँदो ६ गतेदेखि सुरु हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट 'ए' को तयारी स्वरुप श्रृङ्खला आयोजना भएको हो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया