‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आज सोमवार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री उहाँले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
मन्त्री झाँक्रीले प्राथमिकताका आधारमा आयोजना छनाेट गर्नुपर्ने र असीमित आवश्यकताहरूलाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताउनुभयो । उहाँले विकास आयोजनाको नाममा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुसी बनाउनुपर्ने अवस्थाले देशको विकास हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकास आयोजनाका नाममा हरेक पटक एउटा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुसी बनाउनुपर्ने अवस्था हुँदासम्म हामी सही बाटो हिँडेको हुँदैन । चाहे सङ्घीयता ल्याउँ, चाहे वित्तीय हस्तान्तरण गरौँ । चाहे सरकार दिउँ, चाहे हरेक कुरा गरौँ । यो हुन सक्ने काम हुँदै होइन ।’
मन्त्री झाँक्रीले स्थानीय तहमा भइरहेको वित्तीय हस्तान्तरणको तालमेल मिले/नमिलेको सम्बन्धमा बहस हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई पर्याप्त रूपमा वित्तीय हस्तान्तरण भएको उल्लेख गर्दै गाउँपालिका र नगरपालिकाले आफैँलाई सरकारको रूपमा अभ्यास गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हेर्ने हाे भने स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको छैन भन्न चाहिँ मिल्दैन । नेपालको आफ्नै प्रकृतिको यो सङ्घीयताको मोडेलभित्र स्थानीय तहलाई पर्याप्त वित्तीय हस्तान्तरण भएको देखिन्छ । नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, नगरपालिका महासङ्घहरूले आफूलाई सरकारको हिसाबले अभ्यास पनि गरिरहेका छन् । यो गर्दै गर्दा हाम्रो वित्तीय हस्तान्तरण कमजोर भयो, अथवा भएन, अथवा हाम्रो माग धेरै थियो अथवा हाम्रो सम्बाेधन थोरै भयो भन्ने कुराको बारेमा अब बहस हुन आवश्यक छ ।’
उहाँले आयोजना बाँडेर चुनाव जित्छु भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो । आयोजनाहरू स्वचालित ढङ्गले छनाेट हुने तथा आवश्यकता र प्राथमिकीकरणको आधारमा गर्ने प्रणालीको स्थापना गर्नु आवश्यक रहेको मन्त्री झाँक्रीकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।