सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ ।
साउदीमा समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । उनीहरूलाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो ।
यस्तै साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बसेका ह्वील चियर बस्न पर्ने अवस्थाका बिरामी वेदबहादुर भुजेलले अस्पताललाई तिर्न पर्ने ८ लाख २३ हजार साउदी रियाल अर्थात् झण्डै अढाई करोड रुपैयाँ रकम अस्पतालबाट माफ गराएको छ ।
दूतावासका अनुसार उहाँलाई अस्पतालमा तिर्न पर्ने रकम माफ गराइ नेपाल पठाइएको छ । वेदबहादुर अस्पतालमा रकम तिर्न नसक्दा स्वदेश फर्कन्न पाउनुभएको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।