प्य्रांक भिडिओका नाममा नागरिकलाई हैरानी दिएको आरोपमा आकाश पक्राउ

 फागुन ४, २०७८ बुधबार १३:८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्य्रांक भिडिओ बनाउने आकाश सेढाई पक्राउ परेका छन् । ख्यालठट्टाको नाममा नागरिकलाई शारीरिक तथा मानसिक हैरानी दिएको आरोपमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल घर भइ अहिले भक्तपुर कौशलटार बस्ने २७ वर्षीय सेडाईंलाई हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले  नेपाली प्राङ्कस्टर नामक आफ्नाे युट्युब च्यानेलमा प्य्रांक भिडयाे शेयर गर्छन् ।  उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेकोले जिल्ला अदालत काठमाण्डौबाट अनुमति लिई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाण्डौबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया