स्थानीय तह चुनावको मितिका विषयमा दरपिठ भएको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

 फागुन ४, २०७८ बुधबार १८:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वाच्च अदालतले स्थानीय तहको चुनावबारे सर्वोच्चमा आएको निवेदन दर्ता गर्न आदेश दिएको छ । 

आउँदाे वैशाख ३० गते चुनाव गर्दा आफ्नो पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहाका मेयर सञ्जिवकुमार साहले सर्वोच्च अदालतमा गएकाे माघ २६ गते दिनुभएको निवेदन रजिस्टारले दरपिठ गरिदिएका थिए । तर आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले संविधानको धारा २ सय १६ को उपधारा ४ र स्थानीय तह निर्वाचत ऐनका विभिन्न दफाका प्रावधानको व्याख्यासम्बन्धी प्रश्न उठाएर निवेदन परेकाले इजलासबाट सुनुवाइ हुनुपर्ने भन्दै निवेदन दर्ता गर्न परमादेश दिएको छ ।

पालिकाका पदाधिकारीको पदावधि कहिलेसम्म रहने र कुन मितिमा समाप्त हुने भन्ने विषय संविधान र कानुनको व्याख्याको आधारमा निरूपण गर्नुपर्ने आदेशमा उल्लेख छ । संविधान र कानुनसँग सम्बन्धित यस्ता विषयलाई न्यायिक प्रक्रियामा नै समावेश नगरि दरपिठ गरेर टुङ्ग्याउनु उचित नहुने आदेशमा उल्लेख छ । 

सरकारले २०७४ सालको वैशाखदेखि असोजसम्म तीन चरणमा चुनाव गरेको थियो । आउँदो वैशाख ३० गते चुनाव भएमा २०७४ सालको असोजमा चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्दै सकिने भएकाले पूर्ण कार्यकाल काम गर्न पाउँ भन्दै महोत्तरीको भंगाहाका मेयर सञ्जिवकुमार साहले निवेदन दिनुभएको थियो । उहाँको निवेदन दरपिठ भएकाले स्थानीय तहको चुनावको मिति र पालिकाका जनप्रतिनिधिको पदावधिसम्बन्धी विवाद सकिएको थियो । तर आज सर्वोच्चले निवेदन दर्ता गर्न आदेश दिएकाले फेरि अन्योल बढ्ने देखिएको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया