बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डाै – सरकारले आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकाेले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदाे वैशाख ९ देखि २० गतेका लागि तोकिसकेको छ । पालिकाले सञ्चालन गर्ने कक्षा आठलगायत कक्षा १० भन्दा तलका सबै परीक्षा वैशाखमा गरेर वैशाखभित्रै नतिजा प्रकाशन समेत गर्ने, विद्यालयले बनाउने वार्षिक कार्ययोजना वैशाखभित्रै बनाउने र भर्ना तथा पाठ्यपुस्तकसमेत वैशाखभित्रै वितरण गरिसक्ने पनि प्रवक्ता शर्माले बताउनुभयो ।
स्थानीय तह चुनावका कारण विद्यालयहरू बन्द गर्नेपर्ने तथा कतिपय शिक्षकहरू चुनावमा खटिनुपर्ने भएकाले चुनावमा खटिने समयअघि नै नयाँ शैक्षिक सत्रअघि सम्पन्न गर्नुपर्ने सबै तयारी पूरा गर्ने पनि शिक्षा मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।