कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज बिहीवार भएको खेलमा एपीएफले मनाङलाई तीन–एक गोलले हरायो । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले दुई गोल गर्याे । मनाङका अञ्जन विष्टले गोल गरेर मनाङलाई अग्रता दिलाए पनि क्लब हार्न बाध्य भयो । एपीएफका लागि आशिष लामा, मणि लामा र नवीन लामाले गोल गरे ।
आजको जितसँगै एपीएफ रेलिगेशनमा पर्ने सम्भावना सकिएको छ । एपीएफको १४ अङ्क भएको छ । मनाङ २० अङ्कसहित दोस्रो स्थानमा छ ।
आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले सङ्कटालाई एक–शून्य गोलले हरायो । उसका लागि स्टेफिनले गोल गरे ।
जितसँगै एनआरटी ११ खेलमा १७ अङ्कसहित शीर्ष पाँचमा पुगेको छ । १५ अङ्क रहेको सङ्कटा छैटाैँ स्थानमा झरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।