धिताेपत्र बाेर्डकाे अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

 फागुन ५, २०७८ बिहीबार १७:२२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबाेन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।

आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी घर भएका हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई नियुक्त गरेको हो । 

डोटीको सिलगढीमा जन्मनुभएका हमालले एसिएन इस्टिच्युट अफ टेक्नोलोजी बैंककबाट एमबीए गर्नुभएको छ । झन्डै २९ वर्षदेखि सार्वजनिक तथा निजी क्षेत्रमा सेवा गर्नुभएका हमालले २० वर्ष त व्यवस्थापन क्षेत्रमा नै काम गर्नुभएको छ । सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली सङ्घ थाइल्यान्डकाे अध्यक्ष बन्नुभएका हमाल थाई–नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्षसमेत बन्नुभएको थियो ।

सर्वोत्तम सिमेन्टकाे आईपीओमा चलखेल गरेर आफ्नो शेयर लगानी गरेर विवादमा आएका भीष्मकुमार ढुंगानालाई सरकारले हटाएपछि चार महिनादेखि धितोपत्र बोर्ड अध्यक्षविहीन थियो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया