सत्ता गठबन्धनको ‘निर्णायक बैठक’ बालुवाटारमा सुरु

 फागुन ५, २०७८ बिहीबार १७:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता गठबन्धनका पाँच दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी छन् ।

आजको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको छ । अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी पास गर्न समय दिएकाले प्रधानमन्त्री देउवा तत्कालै संसदमा पेस गर्ने पक्षमा हुनुहुन्छ । तर माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताएका छन् । माओवादी केन्द्रले बरु सरकारबाट बाहिरिने तर अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने निर्णय गरिसकेको छ ।

आजको छलफलपछि सत्ता गठबन्धनको भविष्य पनि तय हुनेछ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया