नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकार भट्टले राष्ट्र बैंकले बैंकहरूलाई ब्याज दर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पार्नुभएको छ ।
आज बिहीवारकाे कुराकानीमा प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याज दर बढाउनका लागि निर्देशन नदिएको बताउनुभएको हो । उहाँले तरलता व्यवस्थापन गर्नका लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकूल बैंकहरूले ब्याज दर निर्धारण गर्ने गरेको बताउनुभयो ।
राष्ट्र बैंकले बैंकहरूलाई ब्याज निर्धारण गर्नका लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टको भनाइ छ । उहाँले बैंकहरूमा तरलता माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय व्यवस्थापनमा दबाब परेको बताउनुभयो । बैंकहरूले बैंकिङ प्रणालीमा धेरै तरलता हुँदा निक्षेपलाई प्रोत्साहन नगर्दा निक्षेपको ब्याज दर घट्ने गरेको उहाँले बताउनुभयो।
प्रवक्ता डा. भट्टले भन्नुभयो, ‘राष्ट्र बैंकले बैंकहरूलाई ब्याज दर बढाउन कुनै निर्देशन दिएको छैन । बजारले तरलता व्यवस्थापनका लागि, वित्तीय साधन व्यवस्थापनका लागि आफू अनकूल बैंकहरूले ब्याज दर निर्धारण गर्ने हो । अहिले ब्याज दर निर्धारण गर्न बैंकहरूलाई स्वतन्त्र रूपमा छाडेको विषय हो । त्यसैले आवश्यक पर्दा तरलताको माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय साधन परिचालनमा बैंकहरूलाई दबाब परेको हुन्छ । त्यसैले निक्षेपको लागत बढ्छ ।’
मौद्रिक नीतिको समीक्षा
प्रवक्ता डा. भट्टले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा अहिले भएका नीतिगत व्यवस्थालाई पुनरावलोकन भएर आउने बताउनुभयो । उहाँले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाले आर्थिक व्यवस्थापन र आर्थिक स्थायित्वमा जोड दिएको बताउनुभयो ।
तरलता व्यवस्थापन
प्रवक्ता डा. भट्टले पछिल्लो १८ महिनाको बीचमा १३ खर्ब कर्जा विस्तार भएकाले बजारमा तरलताको दबाब कायम रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको सुरुदेखि कर्जा विस्तार र उच्च आयातका कारण तरलता समस्या भएको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जा ४६ खर्बमा पछिल्लो डेढ वर्षमा मात्रै १३ खर्ब रुपैयाँ विस्तार भएकाे उहाँको भनाइ छ । उहाँले विस्तार भएको कर्जामा धेरैजसाे हिस्सा आयातमा उपयोगी भएकाले बजारमा तरलता बढ्दै गएको बताउनुभयो ।
डा.भट्टले राष्ट्र बैंकले तरलता व्यवस्थापनको सहजीकरण पनि गरिहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको सुरुदेखि अहिलेसम्म पटक–पटक गरेर स्थायी तरलता सुविधाको माध्यमबाट ३९ खर्ब रुपैयाँ बजारमा पठाएको बताउनुभयो । स्थायी तरलता बाहेक तीन सय ५० अर्ब अन्य मौद्रिक उपकरणहरू रिपो लगायत माध्यमबाट पठाएको उहाँको भनाइ छ । तरलता अभाव अर्थतन्त्रको विस्तार अथवा अर्थतन्त्रको सङ्कुचनसँग जोडिएकाले अर्थतन्त्र विस्तारसँगै कर्जाको माग बढ्ने, कर्जाको माग बढेसँगै बजारमा तरलतामा दबाब बढ्ने गरेको डा. भट्टले बताउनुभयो । उहाँले अर्थतन्त्र सङ्कुचनमा जाँदा आर्थिक क्रियाकलाप शिथिल हुँदा तरलता प्राप्त हुने गरेको बताउनुभयो । अब केही समयपछि बजारमा तरलता सहज हुने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।