बालुवाटारमा ‘गठबन्धन बचाउनुपर्छ’ भन्नेमा सबैकाे जाेड तर अडान यथावत्

 फागुन ५, २०७८ बिहीबार २०:६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धन बचाउनुपर्छ भन्नेमा जाेड दिएका छन् । आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकमा गठबन्धनका शीर्ष नेताहरूले गठबन्धन बचाउनुपर्छ भन्नेमा जाेड दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएकाे छ । 

‘आज झन्डै तीन घण्टा चलेकाे बैठकमा नेताहरूकाे एमसीसीका बारेमा आ–आफ्ना धारणा राख्नुभएकाे छ । बैठकमा कुनै निष्कर्ष ननिस्किए पनि गठबन्धन बचाउनुपर्छ भन्नेमा सबैले जाेड दिनुभएकाे छ’, मल्लले भन्नुभयाे ।   

यद्यपि अमेरिकी सहयाेग एमसीसीका बारेमा भने नेताहरूले अडान नछाेडेका र गठबन्धनका शीर्ष नेताहरूकाे अर्काे बैठक भाेलि शुक्रवार बिहान ९ बजेका लागि बाेलाइएकाे उहाँले जानकारी दिनुभयाे ।

बैठकमा कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्ण सिटौला सहभागी हुनुहुन्थ्यो । यस्तै माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जसपाबाट डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । 

प्रधानमन्त्री देउवा एमसीसी तत्कालै संसदमा पेस गर्ने पक्षमा हुनुहुन्छ । तर माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताएका छन् । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया