‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गर्नुपर्ने बताउनुभएकाे छ । विगत दश वर्षदेखि एमसीसीसँग धेरै राजनीतिक दल र नेतृत्व सामेल भएकाे भन्दै सबैले संसदमा यस विषयमा आ-आफ्नाे मत राख्नुपर्ने उहाँले बताउनुभयाे ।
'हामी फरक–फरक दलहरु भएको कारणले गर्दा हाम्रो बीचमा गठबन्धन हुनका लागि त कुराकानी मिल्नुपर्छ । न्यूनतम कुराहरुमा कुरा मिल्नुपर्छ', एमसीसीकाे सन्दर्भमा बाेल्दै उहाँले भन्नुभयाे, 'आजको दिनमा नेपाली कांग्रेस माधव नेपालको पालादेखि सुरु भएर आएको दशाैँ वर्ष लागेर यहाँसम्म आइसकेपछि यो नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा हो । हामी सबैले यसमा काम गरिसक्यौँ । हामी सबैजना कहीँ न कहीँ यसमा संलग्न छौँ । अहिले सिंगो नेपालको विश्वसनीयतामाथि ह्रास आउँछ । त्यसैले हामीले प्रष्ट भनेका छौँ, टेबल गरौँ हामीहरु आ–आफ्नो ठाउँमा मतदान गर्न सक्छौँ ।’
यस्तै महामन्त्री थापाले सत्तारुढ राजनीतिक दलहरुका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने पनि बताउनुभयो । कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने उहाँले स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।