वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खला भारतलाई

 फागुन ७, २०७८ शनिबार ६:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले दोस्रो टी–२० मा पाहुना टोली वेस्ट इन्डिजलाई ८ रनले हराएको छ । योसँगै भारतले तीन खेलको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ ।

गएराति भएको खेलमा १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । वेस्ट इन्डिजका रोभम्यान पावेलले ६८ रनको अविजित अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरन ६२ रनमा आउट भए ।

भारतका भुवनेश्वर कुमार, युजभेन्द्र चहल र रवि विश्रोईले एक/एक विकेट लिए । त्यसअघि कोलकातामा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। भारतका ऋषभ पन्त ५२ रनमा अविजित रहे । विराट कोहली ५२ रनमा आउट भए ।

वेस्ट इन्डिजका रोस्टन चेशले ३ विकेट लिए । रोमारियो शेफर्ड र शेल्डन कटरेलले एक/एक विकेट लिए । भारत पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टी–२० भोलि हुनेछ ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया