राप्रपामा अपमान् सहन नसकेर पुरानै घरमा फर्किएँ : थापा

 फागुन ७, २०७८ शनिबार १५:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किएको बताउनुभएको छ । पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति बनाएको आरोप लगाउनुभयो ।

राजसंस्थाले नै राप्रपाभित्रको एउटा गुटलाई समाउने र एउटालाई पाखा लगाउने काम गरिरहेको पनि उहाँले बताउनुभयो । सैद्धान्तिक रुपमा राप्रपामा विचलन आएको र आफूलाई गरेको अपमान् सहन नसकेपछि आफ्नै घरमा फर्किएको अध्यक्ष थापाले बताउनुभयो ।

पाँच वर्षअघि राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो । त्यो एकता आफ्नो गल्ति भएको पनि थापाले बताउनुभयो । केही समय अघि सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले राप्रपा छाड्नुभएको हो । थापाले आफूले पार्टी फुटाएको नभई पुरानो घरमा फर्किएको दावी गर्नुभयो ।

लाक्पा तामाङले नेतृत्व गर्दै आएको राप्रपा, नेपालको अध्यक्षमा केही दिन पहिले मात्रै थापा चयन हुनुभएको हो । 
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया