गैँडाकाे आक्रमणबाट नवलपुरमा एक जनाकाे ज्यान गयाे
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - शिखा बुक्स प्रकाशनले प्रकाशन गरेको लेखक डा. खगराज बरालको गैह्रआख्यान अनुभूति सङ्ग्रह ‘मालामा नउनिएका फूलहरू’ यही फागुनको पहिलो हप्तादेखि बजारमा आएको छ ।
श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा सातओटा सिर्जना प्रकाशित छन् । बरालले शिक्षासम्बन्धी नीति, सिद्धान्त र कार्यान्वयनमा झण्डै एक दर्शन कृति नेपाली पाठकसामु पस्किसक्नु भएकाे छ।
बरालका यसअघि ‘सिकाउने शैली’ (२०७५) तथा ‘सिकाइ र सहयोग’ (२०७६) नै प्रकाशित भइ पाठकहरूबीच निकै लोकप्रिय रहे । गएकाे वर्ष बरालले आख्यानअन्तर्गत ‘स्यानी’ उपन्यास ल्याउनु भएकाे थियाे । यो उपन्यास पनि पाठकमाझ निकै लोकप्रिय बन्यो ।
‘मालामा नउनिएका फूलहरू’मा २० ओटा भिन्नभिन्न अनुभूति रहेका छन् । यस अनुभूति सङ्ग्रहमा बराल मस्तिष्कले होइन, मनले बोलेका छन्, बरालका अभिव्यक्तिमा बनावटीपन छैन । पुस्तक पढ्दा कतै कथाजन्य अनुभूति पाइन्छ भने कतै अनुभूतिजन्य निबन्ध पाइन्छ ।
घर परिवारदेखि विश्व परिवेशसम्मका, स्वेदशदेखि विदेशसम्मका, दार्शनिक चिन्तनदेखि सामान्य मानवीय व्यवहारसम्म, मानवदेखि मानवेत्तर प्राणी र वनस्पतिसम्मका विषयलाई यस अनुभूति सङ्ग्रहमा समावेश गरिएको छ । सामान्य मानिसले पनि ध्यान नदिएका मसिना विषयलाई पनि लेखकले विशेष महत्त्वका साथ उठान गरेका छन् ।
कुल ३२४ पृष्ठको यो पुस्तकको मूल्य चार सय पचहत्तर रुपैयाँ रहेको छ । ‘मालामा नउनिएका फूलहरू’ पुस्तक फागुनको पहिलो हप्तादेखि ज्ञानज्योति बुक्स पब्लिेकसन प्रा लि, बागबजारले वितरणको जिम्मेवारीसहित देशभरका प्रमुख बजारमा ल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।