नेपाली सेनाद्वारा देउखुरीमा फेला परेकाे शङ्कास्पद वस्तुकाे 'डिस्पोज'

 फागुन ८, २०७८ आइतबार १३:३:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ -  देउखुरीको लमही नगरपालिका-७ मा रहेकाे पूर्व पश्चिम राजमार्गको पद्मिनी खोला नजिकै सडक किनारमा राखिएको शङ्कास्पद वस्तु  नेपाली सेनाले डिस्पोज गरेको छ ।

शङ्कास्पद वस्तु  देखेपछि शनिवार राति गाडी चालकले  प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठ घटनास्थल पुग्नुभएकाे थियाे । 

'राति डिस्पोज गर्न सक्ने अवस्था थिएन, रातभरि हामीले सुरक्षा दिएर बिहान मात्र अवस्थालाई नियन्त्रणमा लिने काम भयो'- प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो ।

प्रेसर कुकरमा नो एमसीसी लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखिएको शङ्कास्पद वस्तुलाई रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलीले आज बिहान करिब साढे ११ बजे डिस्पोज गरेको हो ।

 

अन्तिम अपडेट: मंसिर २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया