‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभामा पेस गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पनि संसदमा एमसीसी पेस गर्न दिने तर संशोधन विना पारित गर्न नदिन सहमत भएका छन् ।
संसदमा एमसीसी पेस गरेर सांसदहरुलाई आफ्ना भनाइ राख्न दिने तर पारित गर्न आफूहरुको समर्थन नरहने माओवादी र एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भनाइ छ ।
शीर्ष नेताहरुले बालुवाटारमा एमसीसी संसदमा पेस गर्ने सहमति जुटाएका छन् । तर सत्ताधारी दल माओवादी र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता नै नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शनमा अग्रपङ्क्तिमा देखिएका छन् ।
शीर्ष नेताले बालुवाटारमा सहमति गरिरहँदा नयाँ बानेश्वरमा भने माओवादी र एकीकृत समाजवादी पार्टीकै कार्यकर्ता भने सडक आन्दोलनमा रहनुलाई धेरैले अनौठो मानेका छन् । आफूहरुले बालुवाटारमा सहमति गर्ने तर कार्यकर्तालाई सडकमा उतारेर माओवादी र एकीकृत समाजवादीले ‘रमिता’ देखाइरहेको भन्दै चर्को आलोचना पनि भएको छ ।
तस्बिर : फेसबुक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।