साना लगानीकर्ता बचाउने उद्देश्य लिएर बाेर्डमा आएकाे छु : अध्यक्ष हमाल

 फागुन ८, २०७८ आइतबार १३:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नुभएको छ । आज आइतवार पुँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । 

पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताउनुभएको छ । उहाँले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । 

अध्यक्ष हमालले शेयर बजारलाई स्वच्छ र पारदर्शी रूपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निभाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘शेयर बजारको चिन्ता भएर नै धितोपत्र बोर्डमा आएको हो । नियमन निकाय नियमन निकाय जस्तो होस् । कसैले अन्यायमा पर्नु नपरोस् । सबैभन्दा ठूलो कुरा साना लगानीकर्तालाई मर्का नपरोस्, साना लगानीकर्तालाई नबचाउने बजारकाे कहिल्यै पनि दिगो विकास हुन सक्दैन । उनीहरूकाे लगानी जोखिममा नपर्ने गरी काम गर्ने नै सबैभन्दा ठूलो उद्देश्य हो ।’

हमाललाई गएकाे बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्तपछि हमालले गएकाे शुक्रवार अर्थ मन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया