‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा याे सम्झौता पेस भएको हो ।
सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपालमा चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो प्रसारण लाइन बन्ने र विद्युत् सेवाको विस्तार र अन्तर्राष्ट्रिय बजार पाउने बताउनुभयो । यस्तै नमुनाको रूपमा गुणस्तरीय सडक पनि निर्माण हुने उहाँकाे भनाइ छ । सम्झौता कार्यान्वयनपछि झन्डै ५० लाख जना नेपाली लाभान्वित हुने पनि मन्त्री कार्कीको दाबी छ ।
यसैबीच संसद्को अर्को बैठक फागुन १२ गते बस्ने सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Janata
Feb. 20, 2022, 3:56 p.m.कोही कुटे जस्तो गर्ने, कोही रोए जस्तो गर्ने, एमसिसि पास गर्ने र सत्ता जोगाउने ।