एमसीसीको विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुहोस् : गगन थापा

 फागुन ८, २०७८ आइतबार १४:५३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना एमसीसीको विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताउनुभएको छ । 

संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा दर्ता गरेको तथा पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल लगायतका नेतहरू पनि जोडिएकाले सांसदहरूले यसको विरोध गर्नु सुहाउँदो विषय नभएको बताउनुभयो । 

‘यो प्रस्ताव राष्ट्रघाती भन्ने हो भने माननीय भीम रावलले सबैभन्दा पहिले केपी शर्मा ओली मुर्दावाद भनेर संसदभित्र नारा लगाउन सक्नुपर्छ । संसदभित्र एमसीसीको विरोध गर्नुअघि एमालेका सांसदहरूले केपी शर्मा ओली मुर्दावाद, माओवादीका सांसदले प्रचण्ड मुर्दावाद र एकीकृत समाजवादी पार्टीका सांसदहरूले माधव नेपाल मुर्दावाद भन्न सक्नुपर्छ ।’

संसदमा एमालेको अवरोध पनि अब सकिएको मानिएको गगन थापाको भनाइ छ । एमालेकै सांसद भीम रावलले संसदमा समय लिएर बोलेकाले एमालेको अवरोध सकिएको मानिने र आउँदा दिनमा पनि यस्तै नाराबाजीका बीचमा संसद् चल्ने महामन्त्री थापाले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया