शेयर बजार ३९ अङ्कले घटेर राताम्मे, चार अर्ब आठ करोड रुपैयाँको कारोबार

 फागुन ८, २०७८ आइतबार १५:१६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव चार अङ्कले घटेर दुई हजार ६ सय ९३ दशमलव १० विन्दुमा झरेको छ ।

आज अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३० कम्पनीका ७१ लाख २२ हजार कित्ता शेयर चार अर्ब आठ करोड ६४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त कम्पनीको ५८ करोड रुपैयाँको शेयर किनबेच भयो । बोनस र नगद गरी लगानीकर्तालाई ७३ प्रतिशत लाभांश दिने घोषणा गरेको जीवन विकास लघुवित्तको शेयरमा आकर्षण बढेको हो ।  

आज नारायणी विकास बैंक, युनाइटेड इन्सुरेन्स, रुरु जलविद्युत् र प्रभु लाइफ इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि युनाइटेड मर्दी हाइड्रोपावरको शेयर १० प्रतिशत र तेह्रथुम पावर कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया