नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी कार्यसूचीमा : सभामुख

 फागुन ८, २०७८ आइतबार १६:५३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट राेक्न कार्यसूचीमा समावेश गरिएकाे बताउनुभएकाे छ । उहाँले अमेरिकी सहयोग एमसीसी सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताउनुभएकाे हाे ।  
    
प्रतिनिधि सभाको आज आइतवार बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले एमसीसी सम्झौता कार्यसूचीमा समावेश गरेकाे विषयमा फरक धारणा राखेपछि उहाँले राष्ट्रिय महत्त्वका विषयवस्तुलाई वृहत् छलफल गरिनु उपयुक्त हुन्छ भनी समावेश गरिएको बताउनुभयो । 

विगत लामो समयदेखिकाे अवरोधका कारण संसद् सुरु हुन सकिरहेको छैन, यसबाट सरकार सञ्चालनका सम्पूर्ण पक्ष र आयाममा प्रभाव परिरहेको छ, सभामुख सापकोटाले भन्नुभयो । राष्ट्रिय महत्त्वका विषयवस्तुलाई समेत छलफलमा ल्याइ निष्कर्षमा पुग्नुपर्ने अवस्थामा याे अवरोधले थप प्रतिकूलता सिर्जना गर्ने भन्दै उहाँले सदनमा छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगका लागि अपिल गर्नुभयो । 

दलका शीर्ष नेता, सांसद, संविधानविद्, कानुनविद्, सञ्चारमाध्यम, बुद्धिजीवी एवम् लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वको भावनाको समेत सम्मान गर्दै एमसीसी सम्झौता छलफलका लागि सदनमा पेस गरिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया