एमसीसी संसदमा टेबल गरेकाेमा स्वागत गर्दछाैँ : उद्याेग परिसङ्घ

 फागुन ८, २०७८ आइतबार १७:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अमेरिकी सहयाेग एमसीसी सम्झौता संसदमा टेबल गरेकोमा नेपाल उद्योग परिसङ्घले स्वागत गरेको छ ।

परिसङ्घले आज आइतवार विज्ञप्ति निकालेर २०७४ भदाै २९ गते सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट अनुमोदन भइ कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसङ्घ विश्वस्त रहेको जनाएको छ । साथै देशको आर्थिक विकासमा रणनीतिक महत्त्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्त्वपूर्ण रहेको उल्लेख छ ।

लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्ने, दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपछिकाे आर्थिक पुनरोत्थानका लागि ठूलो लगानी चाहिने भएकाले एमसीसी जस्ता सहयोग परियोजना आवश्यक रहेको पनि विज्ञप्तिमा भनिएको छ । 

आयोजना कार्यान्वयन सुरु भएको मितिले पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने प्रावधानका कारण नेपालमा विकास व्यवस्थापनको नमुना समेत एमसीसी परियोजनाले प्रस्तुत गर्ने परिसङ्घले विश्वास व्यक्त गरेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया