‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले अमेरिकी सहयाेगा एमसीसी सम्झौता संसदमा पेस हुने विषयको विरोध गरेका छन् । आज आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले एमसीसी सम्झौता संसदमा पेस हुन नहुने धारणा राखेका हुन् । सांसदहरूले एमसीसी सम्झौतामा राष्ट्रहित विरोधी प्रावधानहरू भएकाले संसदमा पेस गर्न नहुने बताएका हुन् ।
नेकपा (एमाले) का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेस हुनु नेपाली जनता र संसद्को अपमान हुनुभएको बताउनुभएकाे छ । उहाँले प्रतिपक्ष दलले संसद् अवरोध गरिरहेको र सत्तारुढ दलहरूका बीचमा समेत सहमति नजुटेको अवस्थामा एमसीसी पेस हुनु आपत्तिजनक भएको बताउनुभयाे ।
नेता रावलले भन्नुभयो, ‘जुन विषय नेपालको स्वाधीनतासँग सम्बन्धित छ । नेपालको स्वाभिमानसँग सम्बन्धित छ । नेपालको आत्मनिर्णयको अधिकारसँग सम्बन्धित छ । यति गम्भीर विषयमा प्रमुख प्रतिपक्ष नेकपा(एमाले) ले संसद् अवरोध गरिरहेको, सरकारमा रहेका प्रमुख राजनीतिक दलहरूका बीचमा सहमति नभइरहेको अवस्थामा यसरी नेपाली जनताको भावना विपरीत टेबल गरिने कुरा अत्यन्त आपत्तिजनक छ । यो कुन कानुन अन्तर्गत राख्नुभाछ, यसका लागि सङ्घीय कानुन खोइ ? यो देश कानुनी शासनबाट चल्छ कि एउटा कुनै विदेशीको धाक, धम्कीको अगाडि लम्पसार परेर, नेपाली जनताको आवाजलाई कुल्चेर चल्छ । आफ्ना जनताको आवाज नसुन्ने, विदेशीहरूसँग डराउनुपर्ने त्रसित हुनुपर्ने तर्क दिएर । कतिपय देशमा यस्तै संसद्को निर्णयबाट देशका सिमानाहरू मेटिएका छन् । जसरी आज यो विषयलाई टेबल गरिदैँछ, जस्तो वातावरणमा टेबल गरिँदैछ । यो एकदमै आपत्तिजनक छ । यो स्वतन्त्र, स्वाधीन, सार्वभौम नेपाली जनताको अपमान हो । यो संसद्को अपमान हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।