एमसीसीमा राष्ट्रिय हित प्रतिकूलका प्रावधान छन्, संशाेधनविना अगाडि बढाउन हुँदैन : गुरुङ

 फागुन ८, २०७८ आइतबार १८:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदमा अवराेध गरुन्जेल महत्त्वपूर्ण एजेन्डामाथि छलफल हुन नसक्ने बताउनुभएकाे छ । आज आइतवारकाे प्रतिनिधि सभा बैठकपछि बाेल्दै उहाँले एमसीसी सम्झौतामा राष्ट्रिय स्वाधीनतालाई प्रतिकूल पार्ने प्रावधान भएकाले संशोधनविना प्रक्रिया अगाडि बढाउन नहुने बताउनुभयो । 

सन्धि, ऐन, संविधानको व्यवस्थाअनुसार पनि एमसीसी सम्झौता संसदमा पेस गर्न नमिल्ने नेता गुरुङकाे भनाइ छ । उहाँले माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा पेस गर्ने प्रक्रियामा असहमति राखेको पनि बताउनुभयो । 

मुख्य सचेतक गुरुङले भन्नुभयो, ‘सदनमा अवराेध भएको अवस्थामा सदन चल्दैन भन्ने हाम्राे मान्यता छ । यो लोकतान्त्रिक विधि पनि हो । मान्यता पनि हो । सदनमा अवराेध भइराखेको अवस्थामा कुनै पनि महत्त्वपूर्ण एजेन्डा, कार्यसूचीमा छलफल चल्न नसक्ने भएको हुनाले प्रतिनिधि सभामा विगत कालदेखि ४२ वटा विधेयक पाइपलाइनमा छ, छलफल गर्न पाएको छैन । तर आज संसद नचलेकाे अवस्थामा एमसीसीसम्बन्धी कार्यसूची आएकाे हाम्राे गम्भीर आपत्ति छ । एमसीसीमा गम्भीर प्रकारका राष्ट्रिय हित प्रतिकूलका, राष्ट्रिय स्वाधीनतालाई प्रतिकूल पर्ने प्रकारका प्रावधानहरू रहेका हामीले भन्दै आइरहेका छाैँ । एमसीसी सम्झौता परिमार्जन गर्नुपर्छ, संशोधन गर्नुपर्छ अनि मात्रै यो प्रक्रिया अगाडि बढ्न सक्छ भनेर हाम्रो दलले भन्दै आइरहेको विषय हो । एमसीसीमा सहमति नजुटी टेबल हुने प्रक्रियाप्रति गम्भीर असहमति प्रकट गर्न चाहन्छु ।’ 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया