सातदोबाटोसँग हारेसँगै ब्रिगेड ब्वाइज क्लब 'बी' डिभिजनमा घटुवा

 फागुन ९, २०७८ सोमबार १५:५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लब 'ए' डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । आज साेमवार भएको खेलमा सातदोबाटो युथ क्लबसँग तीन–दुई गोलले पराजित भएसँगै ब्रिगेड ब्वाइज क्लब 'बी' डिभिजनमा घटुवा भएको हो । 

यसअघि च्यासल युथ क्लब रेलिगेशनमा परिसकेको छ । आजको जितसँगै सातदोबाटो १८ अङ्कसहित चौथो स्थानमा पुगेको छ । सातदोबाटोका लागि सुशील राई, निरज चाैधरी र दीपकराज सिंह ठकुरीले गोल गरे । ब्रिगेड ब्वाइजका लागि राेशन राना मगर र विदेशी खेलाडी ओट्टोउले गोल फर्काए । 

ब्रिगेड ब्वाइज रेलिगेशनमा परेसँगै फ्रेन्ड्स र जावलाखेल रेलिगेशनबाट बचेका छन् । 'ए' डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया