मधेस प्रदेशकाे प्रदेश सभा बैठक बस्दै

 फागुन १०, २०७८ मंगलबार ९:१२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ ।

प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा अघिल्लो बैठकमा सरकारले प्रस्तुत गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ ।

गएको माघ २६ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो । यसअघि फागुन एक गतेका लागि आह्वान भएको प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै प्रदेश सभा सचिवालयले स्थगित गरेको थियो ।    

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया