प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ प्रदेश प्रस्ताव : जसपा

 फागुन १०, २०७८ मंगलबार १३:३७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । 

प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो । 

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज मङ्गलवार विज्ञप्ति निकालेर प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३–२४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश नं १ को नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नं १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ प्रदेश’ नामकरण गर्नुपर्दछ ।’ 

पूर्ण सङ्घीय नेपाल निर्माणका लागि जसपाले निरन्तर सडक र सदनबाट दबाब दिने काम गरेको र आफ्नो सरकार रहेको मधेस प्रदेशमा कार्यान्वयनसमेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ । अहिले प्रदेशको नामकरणबारे भइरहेको बहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख छ । 

आज नै प्रदेश नं १ सरकारले प्रदेशको नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा डाकिएको सर्वदलीय बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरू, संसदीय दलका नेताहरू सहभागी हुँदैछन् । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • राजेश

    Feb. 23, 2022, 12:37 p.m.

    किलिमसे राख्नुपर्ला

  •  0 Reply
  • prem khatry

    Feb. 23, 2022, 8:26 a.m.

    प्रदेशको नाम पनि एकबित्ता हुन्सक्छ ??यसो विचार गर्नुस .....लेख्नु पर्यो, छाप बनाउनुपर्यो ...किरात , लिम्वुवान , शेपालुंग भनेको एकै वर्गको नाम होइन र ...मलाई त्यति थाहा भएन / अनि मधेस जोड्नैपर्ने / प्रदेशमा दुइवटा मधेस भैसक्यो / त्यसैले कोशी किरात ठीक छ...छोटो पनि छ ...किन माथापच्ची ? के को विवाद ?? कि खसको बसाई नै छैन प्रदेश १ मा ? त्यसैले जातिपातिको कुरा नगरौं...कोशी किरातमा जाउँ हजुर /

  •  0 Reply
  • Sujan Jung Basnet

    Feb. 22, 2022, 1:48 p.m.

    सगरमाथा -शेपालुङ किरात -मधेश लिम्बुवान यो चै ठीक होलाकी सबैलाई समेट्ने रछ 🤩

  •  0 Reply

तपाईको प्रतिक्रिया