भक्तपुरबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

 फागुन १०, २०७८ मंगलबार १६:४१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर – भक्तपुरबाट एक जना चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४७ जना महिला र ३३ जना पुरुष रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिनुभयो ।

एक चिनियाँ नागरिकले अवैध रूपमा कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई समेत प्रयोग गरेर अवैध क्रियाकलाप सञ्चालन गरिरहेको सूचनाका आधारमा सानो ठिमीको एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको पाण्डेले बताउनुभयो ।

कल सेन्टरमार्फत भारतीय मूलका युवायुवतीलाई ऋण लगानी गर्ने र समयभित्र उठाउन कल सेन्टरमार्फत धम्क्याउने गरेको पाइएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया