विराटनगरलाई 'सुपर ओभर' मा हराउँदै पाेखराकाे दाेस्राे जीत
मंसिर २७, २०८१ बिहिबार
दाङ – दुई वटा सरकारी कार्यालयबीचको समन्वयको अभावमा दाङमा निर्माणधीन तीन वटा सडकको काम रोकिएको छ । सडक पूर्वाधार कार्यालय र बँगलाचुली गाउँपालिकाले निर्माण गर्न लागेका सडकहरु प्रकृया नपुगेको भन्दै डिभिजन वन कार्यालय घोराही दाङले रोकेको हो । दाङमा निर्माणाधीन तीन वटा सडक डिभिजन वन कार्यालयले रोकेको छ ।
वातावरण प्रभाव मूल्याङ्कन बिना नै वन क्षेत्रबाट सडक निर्माण गर्न थालेको भन्दै डिभिजन वन कार्यालयले रोकेपछि बबई गाउँपालिकाको हापुरेबाट गँगटे जोड्ने १८ किलोमिटर सडकको काम चार महिनादेखी रोकिएको छ । साढे ५ मिटर चौडाइ सहितको स्तरोन्नती र ग्राभेल गर्न ५ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइ काम भैरहेको बेला वन कार्यालयले रोकेको निर्माण व्यवसायीले बताएका छन् । वातावरण प्रभाव मूल्याङ्कन बिना नै ३४ वटा रुख काटिएको उजुरी आएपछि काम रोक्न निर्देशन दिइएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।
यस्तै बँगलाचुली गाउँपालिकाको गौरवको योजना अन्तर्गतको घोराही उपमहानगरपालिको १ मुलाबारीबाट सिमलतारा, हासीपुर, जबरकोट जोड्ने सडक स्तरउन्नति गर्नको लागि पनि ५ करोड ९ लाख बजेट विनियोजन भएको थियो । यो सडकको स्तर उन्नतिको काम पनि भएको छैन । बंगलाचुली गाउँपालिकाले आफै प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कन गर्न थालेको र आफैले मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेर नियम विपरीत काम गरेकाले सच्च्याएर मात्र काम गर्न भनिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।
सडक निर्माणको ठेक्का दिएको सडक पूर्वाधार विकास कार्यालयले भने लागत स्टिमेटमा रुख कटान गर्ने विषय नभएको तर काम गर्दा केही रुख काटिएकाले समस्या परेको सडक पूर्वाधार विकास कार्यालय दाङका ईञ्जिनियर चन्द्र वहादुर शाहले बताउनुभयो ।
यस्तै, घोराही सिमेन्ट उद्योगको खानी पहुँच मार्गको काम पनि वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै गर्न थालिएकाले काम रोक्न लगाएर जरिबाना गरिएको वन कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।