भाेलि बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसका सांसदलाई निर्देशन

 फागुन ११, २०७८ बुधबार १६:२३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भाेलि बिहीवार बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिइएकाे कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । 

गएकाे आइतवारकाे संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्तावमाथि भाेलिदेखि सैद्धान्तिक छलफल सुरु हुँदैछ । 

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म याे प्रस्ताव संसदबाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये अहिलेसम्म कांग्रेस मात्र स्पष्ट रूपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास चलाइराखेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया