बालुवाटारमा देउवा-ओली भेट : एमालेको अडान कायमै, छलफल चलिरहने

 फागुन १२, २०७८ बिहीबार २१:५६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता केहीबेरअघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बेलुकी भएको भेटवार्तामा उहाँहरूबीच संसद्को अवरोध खुलाउने र एमसीसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिनुभयो । 

छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसदबाट एमसीसी अनुमोदन गरौँ भनेर प्रस्ताव गर्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरूले संसद् अवरोध गरिरहेको हो, पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राख्नुभएको उहाँले जानकारी दिनुभयो ।     एमालेले आफूहरूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै ६ महिनादेखि संसद् अवरोध गर्दै आइरहेको छ । 

लामो समयदेखि अवरोध हुँदै आएको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालनका गर्नका निमित्त प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गर्नुभएको सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले जानकारी दिनुभयो । संसद्लाई प्रभावकारी बनाउन दलहरूसँगको छलफल चलिरहने उहाँको भनाइ छ ।  

“संसद्लाई सञ्चालन गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनुभएको छ, संसदमा अवरोध हटाउने प्रतिबद्धता उहाँहरू ९एमाले० ले जनाउनुभएको छैन,” उहाँले भन्नुभयो । मन्त्री कार्कीले भोलि शुक्रवार बस्ने संसद्को बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु हुने र सहमतिबाटै निष्कर्षमा पुर्याइने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया