‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदबाट पारित गर्ने प्रयासमा हुनुहुन्छ भने सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।
एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नभए पछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोग खोज्नु भएको छ ।
हिजो प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । छलफलमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । आज पनि थप छलफल हुने उनीहरुले बताएका छन् ।
कांग्रेस र एमालेबीच एमसीसी सम्झौता मिलेर प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा छलफल भएको थियो । यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिनासाथ एमालेले संसदबाटै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।