खोपको पूरा मात्रा लगाएकाको लागि कतारले हटायो क्वरेण्टीन र पीसीआर परीक्षणको नियम

 फागुन १३, २०७८ शुक्रबार ११:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारी वा अन्य सिलसिलामा कतार जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय जारी गरेको स्वास्थ्यका मापदण्डबारे थाहा पाउनुहोस् ।

कतारले फागुन १६ गते अर्थात् फेब्रुअरी २८ देखि लागू हुने गरी कतार यात्रा गर्ने यात्रुहरूका लागि स्वास्थ्यका मापदण्डमा परिमार्जन गरेको खबर कतार ट्रिब्युनले लेखेको छ ।

परिमार्जित मापदण्ड अनुसार खोपको मात्रा पुरा लगाएका कतार नागरिक र कतारमा बसोबास गर्नेहरूले यात्रा गर्नुअघि पीसीआर परीक्षण गर्नु पर्ने र त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्नु पर्ने नियम हटाएको छ । कतार सरकारको नयाँ नियम रातो र हरियो सूचीमा भएका दुवै देशबाट यात्रा गर्नेहरूका लागि लागू हुने छ । नेपालसहित बङ्गलादेश, भारत, इजिप्ट, जर्जिया, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई कतारले अहिले रातो सूचीमा राखेको छ ।

रातो सूचीमा परेका देशबाट यात्रा गर्ने कतारी र अन्य नागरिकले यदि खोपको मात्रा पूरा लगाएका छन् या कोरोना निको भएका छन् भने त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्न पर्ने छैन । तर यदि खोपको मात्र पूरा लगाएको छैन या प्रतिरक्षा प्रणालीको विकास भएको छैन भने पाँच दिन होम आइसोलेसनमा बस्न पर्नेछ । उनीहरूले प्रस्थान पूर्व गर्नु पर्ने पीसीआर परीक्षण अनिवार्य गर्नु पर्नेछ ।

कोरोनाको खोप लगाएकाहरूले पनि कतार पुगेको २४ घण्टाभित्र -यापीड  एन्टिजेन परीक्षण भने गर्नु पर्नेछ ।

खोप नलगाएकाहरुले भने कतार पुगेको पहिलो दिनमा पीसीआर परीक्षण र ५ औं दिनमा -यापीड  एन्टिजेन परीक्षण गर्न पर्नेछ ।

कतारमा भिजिटरको रूपमा जानेहरूले भने खोपको मात्रा पूरा लगाएको भए पनि एक दिन होटल क्वरेण्टीनमा बस्न पर्ने छ । तर खोप नलगाएका भिजिटरलाई भने कतारले प्रवेश अनुमति दिने छैन । तर खाडी राष्ट्रका नागरिक भने पाँच दिन क्वरेण्टीनमा बस्ने सर्तमा कतार प्रवेशको अनुमति पाउनेछन् । 

भिजिटरको रूपमा जाने सबै यात्रुले प्रस्थान पूर्व पीसीआर परीक्षण गर्न पर्ने छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Deben kishor anjan

    Feb. 25, 2022, 11:43 a.m.

    अतिनै उत्तम अब भने आवत जावतमा कुनै झन्जट नआउने भएछ

  •  1 Reply

तपाईको प्रतिक्रिया