दुई हजार दरका नोट चलाउन नेपाललाई भारतको आग्रह, पहिलेका नोट साट्न नेपालको सर्त

 फागुन १४, २०७८ शनिबार १८:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतले नेपाललाई भारतीय दुई हजार दरका नोट चलन चल्तीमा ल्याउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत भारतले दुई हजार दरका नोट चल्तीमा ल्याउन पटक पटक आग्रह गरिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल आउनेहरुलाई समस्या परिरहेको भन्दै भारतले आग्रह गरिरहेको हो । ‘भारतबाट नेपाल आउने पर्यटकले सयका नोट बोकेर आउँदा निकै झण्झट भइरहेको र परिमाण पनि धेरै हुने भएकाले बोक्न समस्या परिरहेको भन्दै दुई हजार रुपैयाँका नोट चलाइदिन पर्यो भनेर भारतले आग्रह गरिरहेको छ’, नेपाल राष्ट्रबैंकका एकजना कार्यकारी निर्देशकले भने । तर नेपालले भने यहाँ रहेका पुराना एक हजार र पाँच सय दरका नोट सटही नगरेसम्म दुई हजार दरका नोट चलनमा ल्याउन नसकिने सर्त राखेको छ ।

नेपालमा बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका भारतीय पाँच सय र एक हजार दरका नोट साटेपछि मात्रै दुई हजार दरका नोट चलाउनेबारे निर्णय गर्न सकिने जवाफ दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशकको भनाइ छ । व्यक्तिहरुसँग भएका भारतीय पाँच सय र एक हजार दरका नोट कति छन् भन्ने औपचारिक जानकारी नभए पनि बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका नोट साट्न नेपालले पटक पटक आग्रह गरेको तर भारतले नमानेको राष्ट्र बैंकले जनाएको छ ।

भारतले कालो धन नियन्त्रणको लागि भन्दै २०७३ सालमा एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएर दुई हजार दरका नोट निष्कासन गरेको छ । भारतले प्रतिबन्ध लगाएपछि नेपाल सरकारले पनि भारतीय पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

6 Comments

  • राम खडका

    May 8, 2023, 9:50 a.m.

    नोट नसाटे भारतमा उत्पादित कुनै पनि बस्तु नभित्राउने चेतावनी देउन नेपाल सरकार!

  •  0 Reply
  • Da LoneA®

    May 6, 2023, 9:07 a.m.

    भारतिय १/२ हजारका नोट चलाउन ७ करोड साटिने बाहानामा राम्रो आम्दानी हुने भयो भनेर कुनै न कुनै नेताको नेत्र बल्ने भयो अब । यही लालचमा देशको ईमान बेच्न कुनै एक भ्रष्ट पदाधिकारी तयार भएर बसिराको नहोलान् भन्न सकिन्न ।

  •  0 Reply
  • गोकर्ण विष्ट

    April 26, 2023, 6:44 a.m.

    नेपाल र नेपालीको एती सम्म को आँट लाई मान्नुपर्छ। सधैं नेपालले नै झुकेर भएननी अब भारतको पालो । झन नेपालको राजनीतिमा युवाहरूको प्रवेशले भारतलाई झन् समस्या हुने अवस्था पनि आउन सक्छ भारतलाई ।

  •  0 Reply
  • नवीन पुन मगर

    April 18, 2023, 8:03 a.m.

    कुरो छ करोड भारु सटहिको होईन, यदि भारु नेपालमा चल्ने नियम आउछ भने नेरु पनि भारतमा चल्नु पर्छ । ६ करोडमा नबिकोस नेपाल राष्ट्र बैंक ।

  •  0 Reply
  • ठिक कुरा गर्यो बैंकले।

    Jan. 29, 2023, 1:11 p.m.

    भारतको मन्मानिमा चल्नुपर्छ भन्ने केही छैन ।

  •  0 Reply
  • hari bahadur bhandari

    Oct. 3, 2022, 10:16 a.m.

    बैंकले कुरा राम्रो उठाएको हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया