‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - सत्तारुढ दल गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउन सहमति नजिक पुगेका छन् । एमसीसी सम्झौताका केही बुँदामा राखेका प्रश्नमा व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न उनीहरु सहमत भएका छन् ।
गएराति अबेरसम्म भएको छलफलमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका हुन् । एमसीसी सम्झौतासम्बन्धी प्रस्तावसँगै पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्ने नेताहरुको दाबी छ ।
पूरक प्रस्तावमा एमसीसी सहयोग विकास अनुदान हो । यो हिन्द प्रशान्त रणनीति तथा अन्य सैन्य सङ्गठनको अङ्ग होइन । कुनै पनि अवस्थामा नेपालको कानुन सर्वोच्च हुनेछ भनेर स्पष्ट घोषणा गरिने उल्लेख गर्ने तयारी छ ।
यस विषयमा औपचारिक सहमति बनाउन दुवै दल आन्तरिक छलफलमा जुट्दै छन् । अहिले बिहान माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दैछ । यस्तै, एकीकृत समाजवादीको पनि स्थायी कमिटी बैठक बस्दैछ । एमसीसीबारे औपचारिक निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ९ बजे गठबन्धनको बैठक बोलाउनु भएको छ ।
९ बजेअघि नै पार्टी भित्र सहमति जुटाउन दुई दल जुट्न लागेका हुन् । आज कुनै नाटकीय मोड नआएमा एमसीसी सम्झौताबारे सत्ता गठबन्धन भित्र सहमति हुने सम्भावना छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा मतदान गर्न सहमत नभएमा गठबन्धन टुट्न सक्ने छ र एमालेसँग सहकार्य हुनसक्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । यसका लागि प्रधानमन्त्री देउवाका नजिकका नेताहरुले एमाले नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने सम्भावना छ ।
सत्ता गठबन्धन दलहरुबीच औपचारिक सहमति बनेमा आजकै बैठकमा पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके तत्कालै नसके भोलि अनुमोदन गराउने प्रधानमन्त्री देउवाको तयारी छ । संसद् बैठक दिउँसो १ बजे बस्दैछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।