कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जना...
फागुन १०, २०८१ शनिबार
काठमाण्डाै - युक्रेनमा रुसले आक्रमण गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले केही दिनयता त्यसम्बन्धी सामग्री सेयर गरेका छन्।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा युक्रेनमा जारी युद्धका भन्दै विभिन्न फोटोहरु सेयर भइरहेका छन्।
फेसबुकमा सेयर गरिएका ती फोटोमध्ये एक क्षत विक्षत अवस्थामा रहेको एउटा चोक देखाइएको छ । त्यस्तै अर्को फोटोमा एउटा घरको भग्नावशेषमा एक बच्चा उभिरहेको देखिन्छ । तेस्रो फोटोमा युद्धमा प्रयोग हुने बख्तरबन्द गाडि देखिएको छ। यसैगरी ट्वीटरमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सैनिक पोसाकमा युद्धमा होमिएको भन्दै उहाँको तस्बिर भाइरल भइरहेको छ।
कतिपय प्रयोगकर्ताले युक्रेनको घटनालाई अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी अनुदानसँग पनि जोडेका छन् ।
पहिलाे तस्बिर
कलाकार राजीव जङ्ग बस्नेतले युक्रेनलाई हेराैँ भन्दै लामाे स्टाटससहित सेयर गरेका तीन फाेटाेमध्येकाे यसमा राताे लुगा लगाएकाे एक बच्चा भत्किएकाे भवनबाट बाहिर हेरिरहेकाे देखिन्छ । याे तस्बिर युक्रेनकाे नभइ सन् २०२१ काे मे २२ मा प्यालेस्टाइन र इजरायलकाे युद्धविराम पछिकाे भएकाे फेला परेकाे छ । फाेटाेग्राफर फतिमा स्बैरले गेटी इमेजेजका लागि खिचेकाे याे फाेटाे अमेरिकी अनलाइन इन्टरसेप्टले प्रकाशित गरेकाे छ ।
दाेस्राे तस्बिर
याे फाेटाे युक्रेनकाे राजधानी किएभमा रहेकाे इन्डिपेन्डेस स्क्वायरको हो । तर यो फोटो सन् २०१४ फेब्रुअरीमा भएको प्रदर्शनकाे हो । समाचार एजेन्सी राेयटर्सकी ओल्गा याकिमोभिचले फेब्रुअरी २०१४ मा खिचेकाे सरकार विराेधी प्रदर्शनीको तस्बिरलाई केही फेरबदल गरी डेडस्टेट नामक अनलाइनमा छापिएकाे पाइयाे । याकिमाेभिचकाे तस्बिरबारे थप जानकारी राेयटर्सकाे वेबसाइटमा छ।
तेस्राे तस्बिर
याे फाेटाे युनियन करेज-२०२२ नामक रूस र बेलारुसको सयुक्त सैन्य अभ्यासका दौरान खिचिएको हो। यो फोटो अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेसका अलेक्जेन्डर जेम्लियानीचेम्काे जुनियरले गएकाे फेब्रुअरी १९, २०२२ मा खिच्नुभएकाे हाे। याे सैन्य अभ्यास भर्खरै भएकाे भएता पनि याे बेलारुसमा भएकाे थियाे । तसर्थ याे तस्बिर युक्रेनकाे हाेइन ।
चाैथाे तस्बिर
त्यसैगरी ट्वीटरमा युक्रेनका राष्ट्रपति समेत युद्ध मैदानमा होमिएको भन्दै फोटोहरु सेयर गरिएका छन्। नेपाल कम्युनिस्ट पार्टी एमालेकी सांसद काेमल वलीले यस्ताे पाेष्ट सेयर गर्नुभएकाे छ, 'कलाकारिता भित्र लुकेको राष्ट्रवाद सैनिक पोसाकमा युक्रेन र युक्रेन जनताको सुरक्षाका लागि सडकमा निस्किएको हामीले देखेका छाैँ ।' उहाँले सैनिक पाेसाक लगाएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तस्बिर सेयर गर्दै त्यस्ताे ट्वीट गर्नुभएकाे हाे । उहाँकाे ट्वीटमा ८ रिट्वीट र २४७ लाइक आएकाे छ । @kiranjoshi235 नामक ट्वीटर प्रयाेगकर्ताले पनि त्यही फाेटाेसहित उस्तै ट्वीट अङ्ग्रेजीमा गर्नुभएकाे छ ।
यो फोटो सन् २०२१ अप्रिल ९ मा राष्ट्रपति जेलेन्स्की पूर्वी युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा जाँदैगर्दाको हो। यस फोटोबारे थप जानकारी यो लिङ्कमा पाउन सकिन्छ।
समाचार : साउथ एसिया चेकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।