भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस २१, २०८१ आइतबार
अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल/ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताउनुभयो ।
बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाहमार्फत कारोबार हुने छैन । युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यसअघि नै चेतावनी दिएको छ ।
ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएको मस्कोलाई उद्धृत गर्दै समाचार संस्था तासले जनाएको छ । रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले यो कदमबाट विश्वभरिको आपूर्तिमा ‘विनाशकारी परिणाम’ आउने र तेलको मूल्य दोब्बरले बढेर तीन सय डलरसम्म पुग्न सक्ने चेतावनी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।