वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ई –स्टिकर साथैमा बोक्न विभागको अनुरोध

 फागुन २५, २०७८ बुधबार १३:४६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एसएमएस वा इमेलमार्फत प्राप्त क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । 

प्राप्त ई स्टिकर मोबाइलमा डाउनलोड गरेर वा त्यसलाई प्रिन्ट गरेर साथैमा राख्न र विमानस्थलमा श्रम डेस्कमा मोबाइलमा भएमा मोबाइलमार्फत नै पेस गर्न विभागले सूचना जारी गरेको हो ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट अब वैदेशिक रोजगारीमा जाने श्रमिकको ई स्टिकरमा यस अघिजस्तो छाप नलगाइने भएको छ ।

आज बुधारबारदेखि लागू हुने गरी श्रमिकले पेस गरेको ई स्टिकरको प्रतिमा छाप लगाउन नपर्ने नियम ल्याएको विभागले जनाएको छ । 

पछिल्लो समय श्रमिकले अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने र स्टिकर पनि इमेल वा मोबाइलमा एसएमएसमार्फत प्राप्त हुन्छ । यसरी प्राप्त ई –स्टिकर सिधै रोजगारीमा जाने दिन विमानस्थलमा श्रम डेस्कमा देखाए पुग्छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Yam kumar moktan tamang

    March 9, 2022, 3:11 p.m.

    म साउदीबाट छुट्टिमा आएको हो।अब म जाने बेला भयो ।मैले के के रिपोट देखाउन आबश्यक पर्छ।मेरो श्रम पहिला नै भएको छ ।बाकी सात महिना छ ।के के चाहिन्छ त हजुर?

  •  1 Reply

तपाईको प्रतिक्रिया