भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताकै दैनिक धेरै सङ्ख्या भएको बीबीसीले जनाएको छ ।
अस्ति शुक्रवार पनि चीनमा एक हजार आठ सय जनाभन्दा धेरैमा सङ्क्रमण देखिएको थियो । दिनदिनै दोब्बरभन्दा धेरैले सङ्क्रमित थपिन थालेपछि सरकारले केही राज्यमा कडा लकडाउन गरेको छ । चीनकै ठूलो व्यापारिक सहर शङ्घाईमा सरकारले स्कुल बन्द गराएको छ भने उत्तर पूर्वी सहरहरू जिलिन र याञ्जीमा लकडाउन लगाएको छ । यस्तै ९० लाख जनसङ्ख्या भएको चाङचुन क्षेत्रमा पनि लकडाउन सुरु भएको छ ।
कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको खबरमा उल्लेख छ । चीन सरकारले देशलाई शून्य कोरोना सङ्क्रमित देश बनाउने अभियान चलाए पनि पछिल्लो समय दिनदिनै सङ्क्रमित बढ्न थालेपछि चिन्ता थपिएको जनाएको छ । सङ्क्रमण रोक्न चीन सरकारले सामूहिक जाँच गर्ने अभियान चलाएको छ भने स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।