एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
धादिङ – सुरक्षित आप्रवाशन सामी परियोजनालाई धादिङ जिल्लाका १३ वटै पालिकामा विस्तार गनै सरोकारवालाले सुझाव दिएका छन् ।
गएकाे बुधबार स्थानीय सरकार परियोजना व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै धादिङका जिल्ला न्यायाधीश आत्मदेव जोशीले सुरक्षित आप्रवासन परियोजनालाई जिल्लाभर पुर्याउनुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीमा विभिन्न समस्याहरु रहेको भन्दै नागरिकहरुलाई सुसूचित गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउन सुरक्षित आप्रवासन परियाेजना जिल्लाभर विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।
यसैगरी नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नको लागि सामी कार्यक्रम महत्वपूर्ण भएको भन्दै उहाँले स्थानीय तह आफैले पनि यस कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । विकास भनेको बाटो खन्नु तथा भौतिक संरचना निर्माण गर्नुमात्र नभएको भन्दै मेयर ढुंगानाले आफ्नो नागरिकहरुको वैदेशिक रोजगारीलाई सुरक्षित गराउनु पनि स्थानीय सरकारको दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको भन्दै उहाँले सामी परियोजनालाई स्थानीय तहमा आन्तरीकण गर्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउनको लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले सामी परियोजना हाम्रो कार्यक्रम हो भनेर अपनत्व गर्नुपर्ने सुझाव पनि दिनुभयो ।
यसैगरी गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले सामी परियोजना स्थानीय तह आफैले पनि गर्न सक्ने भन्दै सामी कार्यक्रमले गर्दा धेरै नागरिहरुको वैदेशिक रोजगारको यात्रा सुरक्षित भएको बताउनुभयो ।
कार्यक्रममा सामी कार्यक्रमका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले हालसम्म गरेको कार्य प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।