एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
सर्लाही - वनमा लागेको डढेलोको कारण तराईमा वायु प्रदूषण बढेको छ। केही दिनदेखि सर्लाही, सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा पर्ने चारकोसे झाडी र चुरेक्षेत्रको वनमा लगातार लागेको डढेलोले प्रदूषण बढाएको हो । वन क्षेत्रमा लागेको डढेलो र त्यसबाट निस्केको धुवाँको मुस्लोले धेरैजसो ठाउँ ढाकेको छ ।
पिरो धुवाँ र खरानीको धुलोको कारण आँखा पोल्ने, सास फेर्न गाह्राे हुने जस्ता समस्या देखिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । तीन हप्तादेखि लगातार लागेको डढेलोले मध्ये तराईमा पर्ने चारकोसे झाडीको राष्ट्रिय वन, साझेदारी वन, चक्कला वनका धेरैजसो क्षेत्र सखाप भएको छ ।
दिनभरि वनमा लागेको डढेलोको धुवाँले जङ्गल छेउको बस्ती ढाक्ने गरेको छ । सर्लाही खण्डमा पर्ने मुर्तिया, घुर्कौली, फूलजोड, बाँके र उत्तरी चुरेक्षेत्रका चुरे जङ्गलमा लगातार तीन हप्तादेखि ठूलो डढेलो लागिरहेको छ। डढेलो नियन्त्रणका लागि पूर्व तयारी नहुँदा त्यसबाट वन, वन्यजन्तु, जैविक विविधता माथि नराम्रो असर पर्ने गरेको विज्ञको भनाइ छ।
डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालय र त्यस मातहत रहेका सबडिभिजन वन कार्यालयले खासै भूमिका निर्वाह गर्न नसक्दा वन जङ्गलमा बर्सेनि डढेलाे लाग्ने गरेकाे छ । डढेलो नियन्त्रणका लागि विज्ञसहितको पूर्व तयारी, सावधानी र नागरिकमा चेतना नहुँदा प्रत्येक वर्ष यसरी नै सामुदायिक वन, साझेदारी वन, कबुलियत वनमा डढेलो लाग्ने गरेको सर्लाहीका सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।