भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
इलाम – इलामको सुकिलुम्बा विमानस्थलमा तारा एयरले सफल उडान परीक्षण गरेको छ ।
इलाम नगरपालिका–९, मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नागरिक उड्यान प्राधिकरणले नाएन एन–एइटी (ढल्–ब्भ्त्)नम्बरको तारा एयरको जहाज सोमबार बिहान १२ बजे सफल उडान परीक्षण गरेको हो ।
बिहान साढे १० बजे जहाज अवतरण गर्ने भनिए पनि दिउँसो १२ बजे मात्र विमानस्थलमा जहाज अवतरण भएको थियो । पाइलटसहितको २० सिटको जहाज अवतरण गरे पश्चात धावनमार्ग उडानका लागि योग्य रहेको तारा एयरका मुख्य पाइलट प्रभाकर घिमिरेले बताउनुभयो ।
सहजै परीक्षण उडान सफल भएको प्रतिक्रिया दिँदै पाइलट घिमिरेले रनवे टेक अफ र ल्याण्डिङ्ग हुन सक्ने अप्ठ्यारा कन्ट्रक्सनहरु क्लियर गर्न बाँकी रहेकाले अब यसलाई ध्यान दिन आवश्यक रहेको बताउनुभयो । वरपर ल्याण्ड गर्न नसकेको अवस्थामा सिधा स्ट्याब्रोच गर्न समेत सकिने अवस्था रहेकोले उडानका क्रममा यसको पनि परीक्षण गरेको घिमिरेको भनाई छ ।
ल्याण्ड गर्दा अफ स्लोप छ । स्लोप भएकोले पानी पर्दा माटो बगाएर लाने समस्या छ । जसले गर्दा टेकअफ र ल्याण्डिङ्गमा समस्या आउने हुँदा यो समस्या तत्काल रोक्न जरुरी रहेको उहाँले बताउनुभयो । काठमाडौंबाट १० बजेर ५५ मिनेटमा उडेको जहाज सुकिलुम्बा विमानस्थलमा आउन एक घण्टा पाँच मिनेट लागेको विमानका सह–चालक सञ्जिव श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्नै ठाउँमा बिमान आएपछि स्थानीयबासिन्दा निकै खुशी भएका छन् । ८८ वर्षका स्थानीयबासिन्दा निरबहादुर क्षेत्रीले भन्नुभयो, ‘हेर्न पाउँछु, पाउँदिन भन्ने थियो । तर आज आयो देखेँ । खुशी लागेको छ ।’ सात सय मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६७ सालमा गरिएको थियो ।
स्थानीयस्तरमा रकम जुटाएर खरिद गरिएको तीन सय २६ रोपनी जमिनमा निर्माण गरिएको विमानस्थलमा १८ करोड रुपैयाँ खर्च भइसकेको छ । नागरिक उड्यान प्राधिकरणका इञ्जिनियर पुष्प न्यौपानेले परीक्षण उडान मात्र सफल भएको बताउनुभयो ।
नियमित उडानका लागि ग्राबेलिङ तथा कालेपत्रे गर्नुपर्छ । यसका लागि अर्को वर्ष नागरिक उड्यान प्राधिकरणले कालोपत्रे गर्ने तयारी गरेको छ । त्यस्तै टर्मिनल भवन छैन । यसको समेत निर्माण गर्न जरुरी रहेको इञ्जिनियर न्यौपानेको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।