च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
भारतको तेलंगाना प्रदेशको नालगोंडा जिल्लाको एक अस्पतालबाहिर २४ वर्षीय पेरुमाल्ला प्रणयको उनकै गर्भवती श्रीमती अमृताको अगाडि हत्या भएको छ ।
अस्पतालमा श्रीमतीको स्वास्थ्य जँचाउन डाक्टरलाई भेटेर उनीहरु बाहिर निस्कँदै थिए । त्यत्तिकैमा पछाडिबाट एक व्यक्तिले धारिलो हतियारले प्रणयको गर्दन छिनाइदिए ।
प्रणयको घटनास्थलमै मृत्यु भयो ।
प्रणय र अमृताले यसै वर्षको जनवरी ३१ मा प्रेम विवाह गरेका थिए । यो विवाहबाट दुवै जनाका परिवार सन्तुष्ट थिएनन् । तर प्रणयको परिवारले भने केही समयपछि दुवैको विवाहलाई स्वीकारेको थियो । अमृताको परिवार भने विवाहबाट खुसी थिएनन् ।
प्रहरीका अनुसार प्रणयको हत्यापछाडि अमृताको परिवारको हात हुन सक्ने आशंका रहेको छ ।
जिल्लाका एसपी रंगनाथले बीबीसी तेलुगूसँग कुरा गर्दै भनेका छन्, ‘हामीहरु यसलाई अनर किलिङ मानेर अनुसन्धान गरिरहेका छौँ ।’
प्रणय दलित समुदायका हुन् भने अमृता वैश्य । अमृताका बुवा रियल स्टेट व्यवसायी हुन् । प्रहरीले हत्याको पछाडि अमृताकै बुवाको हात हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले अमृताका बुवा मारुति रावलाई अभियुक्त १ र भाइ श्रवणलाई अभियुक्त मानेर अनुसन्धान सुरु गरेको छ ।
प्रणय १० कक्षामा थिए, अमृता ९ कक्षामा थिइन् जब उनीहरुको दोस्ती सुरु भएको थियो । दुवै जनाले बीटेक गरे । जब दुवैले आ–आफ्नो परिवारलाई विवाहको योजना सुनाए । अमृताका बुवा मारुतिले आफूले त्यस्तो विवाह नमान्ने बताए ।
परिवारले नमानेपछि प्रणय र अमृताले हैदराबाद गएर आर्य समाज विधिबाट विवाह गरे । त्यसपछि दुवै फर्केर प्रणयको घरमा बस्न थाले ।
विवाहपछि मारुतिले छोरीलाई फिर्ता बोलाउन कैयौँ प्रयास गरे तर अमृता मानिनन् । प्रणयका बुवा बाला स्वामीले बीबीसीसँग कुरा गर्दै विवाहको २ महिनापछि बाट नै प्रणयको हत्याको षड्यन्त्र रचिएको बताए । यसबीचमा अमृता गर्भवती पनि भइन् । शुक्रबार प्रणय र उनकी आमा अमृतालाई लिएर मिरयालगुडामा रहेको एक निजी अस्पतालमा चेक गराउन गएका थिए ।
उनीहरु दिउँसो १२ बजे अस्पतालभित्र गएका थिए । उनीहरु जँचाएर साढे एक बजे बाहिर निस्के । एक व्यक्तिले उनीहरुलाई पछ्याइरहेको थियो । केही पर पुगेपछि त्यो व्यक्तिले पछाडिबाट प्रणयको गर्दनमा धारिलो हतियारले हान्यो । प्रणयको त्यहीँ ज्यान गयो ।
हत्यारा त्यहाँबाट भाग्न सफल भए पनि सीसीटीभीको सहयोगले उसको पहिचान भएको प्रहरीले जनाएको छ । तर उसको गिरफ्तारी भने भैसकेको छैन ।
प्रहरीका अनुसार विवाह भएको केही दिनपछि प्रणय र अमृताले सुरक्षा मागेका थिए । प्रहरीले अमृताका बुवा मारुतिलाई बोलायो । मारुतिले आफूले केही नगर्ने बताए । घटना त्यत्तिकैमा सेलायो । प्रहरीका अनुसार यो हत्यामा भाडाका हत्यारा प्रयोग भएको हुनसक्छ ।
प्रणयका बुवा भन्छन्, ‘मारुति राव करोडपति छन्, उनी पैसाको बलमा जे पनि गर्न सक्छन् । त्यसैले मैले छोराबुहारीलाई सहरबाट टाढा गएर बस्न भनेँ । तर मेरी बुहारी मानिनन् । उनले बुवालाई मनाउँछु भनिन् ।’
उनी भन्छन्, ‘अमृता र उनको बुवाआमाको कुराकानी पनि चलिरहेको थियो । हामीलाई लाग्यो उनीहरु परिवर्तित भए । तर उनीहरुले मेरो छोराको हत्या गरे ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Umesh
Sept. 16, 2018, 5:30 p.m.दु:खलाग्दो घटना हो यो , दोषीलाई कारवाही गरियोस् जसरी पनि /