वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन ज...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आज आइतवार बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको हो ।
अत्यावश्यक वस्तुबाहेक अन्यको एलसी नखोल्ने बैंकहरूको गएकाे हप्ताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । त्यसबाट यस क्षेत्रमा आबद्ध २० हजारभन्दा बढी व्यवसायी हजारौँ कालिगडको रोजीरोटी नै सङ्कटमा परेको उनीहरूको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेकाे अवस्थामा बैंकहरूबाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई नियमित राख्न वैकल्पिक व्यवस्था अवलम्बन गर्नुपर्ने बताउनुभयो । विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य उपाय अवलम्बन गरी अहिलेको गर्जो टार्न सकिने उहाँको भनाइ छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी व्यवसायी र उपभोक्ता सबैलाई सहज हुने गरी आपूर्तिको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेपाल हस्तकला व्यवसायी महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फी समस्या आएको भन्दै त्यसको निराकरणका लागि तीनै वटा संस्था संयुक्तरूपमा लागि पर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनै वटा छाता संस्थाका तर्फबाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानका लागि अगाडि बढ्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।