भोजपुरमा आगलागीमा परेर साढे दुई वर्षीया बालिकाको ज्यान गयो, आमा बुबा घाइते

 वैशाख २३, २०७९ शुक्रबार ६:५८:९ | बुद्ध तामाङ
unn.prixa.net

साङ्केतिक तस्बिर

भाेजपुर - भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर साढे २ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाका आमा बुबा घाइते भएका छन् ।

आगलागीमा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राई जानकारी दिनुभयो । उहाँका अनुसार खेममणि तामाङ र उहाँकी श्रीमती मिना तामाङलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको  छ ।

यस्तै, आगलागीबाट चार घर जलेर नष्ट भएको छ । खेममणि तामाङको पसलबाट सुरु भएको आगोले उहाँको घरसहित पसल, डम्बर तामाङको २ वटा घर तथा त्यस घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको  घर तथा होटल र त्यही घरमा रहेको सूर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया