दुई महिनाअघि ज्यान गुमाएका हिजबुल्लाहका प्रमुख नेताको अन्त्येष्...
मंसिर १३, २०८१ बिहिबार
युक्रेनले आफ्नो भू–भाग त्यागेर रुससँग युद्धविराम नगर्ने जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले अहिले चलिरहेको युद्ध कुटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले स्पष्ट रूपमा आफ्नो कडा अडान प्रस्तुत गरेको हो ।
जेलेन्स्कीका सल्लाहकारले युक्रेनको भू–भाग छोड्न पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण रुसी हस्तक्षेप ल्याउने बताउनुभएको बीबीसीले जनाएको छ । रुसले पूर्वी युक्रेनमा रहेको सेभरोडोनेस्क घेर्ने प्रयास गरिरहँदा युक्रेनको भनाइ आएको हो ।
युक्रेनी सशस्त्र बलका एक जना जेनरलले रुसी फौजहरूले देशको पूर्वी भागको लुहान्स्क क्षेत्रको प्रशासनिक सीमासम्म पुग्ने गरी युक्रेनी अवरोधहरू तोड्ने प्रयास गरिरहेको पनि बताएका छन् । रुसले अहिले पनि युक्रेनको पूर्वी भेगको आवासीय क्षेत्रहरूमा बमबारी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।