देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी, कक्षा १२ को परीक्षा प्रभावित हुन सक्ने

 जेठ १८, २०७९ बुधबार १९:३२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।

विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा बन्द हुन सक्ने चेतावनी दिएको हो । साथै इन्टरनेट सेवा प्रदायकहरूका घरबेटीसमेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको आइस्पानको भनाइ छ ।

विद्युत् भाडाको विवाद समाधानको विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरणपछि उच्चस्तरीय समिति गठन भएर दिएको प्रतिवेदनलाई पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकको आरोप छ । इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणको बोर्डले निर्णय नगरिसकेको तथा नयाँ भाडादर कायम गर्न पूर्वाधार व्यवस्थापन तथा भाडादर सिफारिस समितिको पनि कुनै पनि बैठक नबसेको बताएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि जानकारी गराउँदै इन्टरनेट सेवा प्रदायकहरूले पत्र दर्ता गराएका छन् । 

यस्तै कक्षा १२ को परीक्षाका प्रश्न पत्र परीक्षा सुरु हुनुअघि इमेलबाट सम्बन्धित केन्द्रमा पठाइरहेको उल्लेख गर्दै परीक्षा बोर्डले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाएकोमा जुनसुकै बेला इन्टरनेट काटिएर समस्या आउन सक्ने सेवा प्रदायकले चेतावनी दिएका छन् । इन्टरनेट सेवा बन्द हुनुमा आफूहरूको हात नभएको भन्दै सेवा प्रदायकले इन्टरनेटको कारण बेलैमा प्रश्न पत्र नपुगेमा आफूहरू जिम्मेवार नहुने पनि स्पष्ट पारेका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ram

    June 2, 2022, 10:33 a.m.

    पोल प्रयोग गरेपछि त्यसको शुल्क नतिर्दा हुन्छ त ? आइ एस पिले २०० एम्बिपिएस् भनेर बेच्छ , जाँच्दा २० पनि छैन, सब फटाहा ....

  •  0 Reply

तपाईको प्रतिक्रिया