अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले बाल क्यान्सरको नयाँ उपचार विकास गरे

 माघ ३०, २०८१ बुधबार ९:४४:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले बाल क्यान्सरको नयाँ उपचार विकास गरेका छन् । अनुसन्धानकर्ताहरुले इन्जिनियर्ड इम्युन सेलको प्रयोग गरी घातक बाल क्यान्सरको उपचारमा नयाँ सफलता प्राप्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हिजो प्रकाशित एक अनुसन्धानमा, क्वीन्सल्याण्ड विश्वविद्यालयको एक टोलीको नेतृत्वमा अनुसन्धानकर्ताहरूले बालबालिकाको हड्डी र मासंपेशीमा हुने क्यान्सर, सार्कोमाको उपचारमा सफलता पाएका हुन् । सार्कोमा बच्चाहरूमा आक्रामक रूपमा बढेर शरीरभर फैलिन्छ जसले उपचारलाई गाह्रो बनाउँदै आएको छ ।

नयाँ अध्ययन अनुसार, सार्कोमाले सबै बाल क्यान्सरको ५ देखि १० प्रतिशत हिस्सा ओगटेको छ । तर, मस्तिष्क क्यान्सर, छालाको क्यान्सर, ल्युकेमिया अर्थात् रक्त क्यान्सर र आँखाको नानीमा देखिने लिम्फोमा क्यान्सर भन्दा धेरै मृत्युको कारण सार्कोमा नै रहेको छ । पछिल्लो ४० वर्षदेखि सार्कोमाबाट हुने मृत्युदरमा कुनै सुधार आएको छैन ।

नयाँ उपचारले इन्जिनियरिङ प्रतिरक्षा कोषहरू प्रयोग गरेर सार्कोमाका ट्यूमरहरूलाई नष्ट गर्न सहयोग पुर्‍याउनेछ । अनुसन्धानको नेतृत्व गरेका डाक्टर फर्नान्डो गुइमारेसले यो सफलताले धेरै बिरामीहरूको जीवन बचाउने सम्भावना रहेको बताउनुभएको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया