हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूलाई सहयोग बन्द गर्ने चेतावनी दिनुभएको छ ।
यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा स्थायी रूपमा बसोवास गर्न दिनुपर्ने बताउनुभएको थियो । तर जोर्डनलगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए ।
यसै सन्दर्भमा ट्रम्पले प्यालेस्टिनीहरूबारे आफ्नो प्रस्ताव स्वीकार नगर्नेलाई अमेरिकाले गर्दै आएको सहयोग र सहायता रोक्ने बताउनुभएको बीबीसीले जनाएको छ । यसैबीच जोर्डनका नेता राजा अब्दुल्लाह द्वितीय वाशिङ्टन डीसी पुग्नुभएको छ । उहाँले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ ।
बीबीसीका अनुसार यसबारे ट्रम्पले राजा अब्दुल्लाहलाई प्यालेस्टिनीहरूको स्थायी बसोवासका लागि व्यवस्था मिलाउन मनाउने तयारी गर्नुभएको छ । उहाँले जोर्डनलगायत अन्य देशहरू अमेरिकाको प्रस्तावमा सहमत हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको खबरमा उल्लेख छ ।
राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरूलाई अरू सुरक्षित ठाउँमा स्थानान्तरण गरी गाजा पट्टीमा अमेरिकी नियन्त्रणसँगै पुननिर्माणको काम गर्ने प्रस्ताव गर्दै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।